दशैं भर्खरैमात्र सकिएको छ ।
दैलोमा झिलिमिलि तिहार आईपुगेको छ ।
पूजा गर्न मेरी आमा
काग, कुकुर खोज्दैछिन्
साँझपख दैलो पोती
आमाले लक्ष्मी भित्र्याईन्
नक्कली केटीहरू हातभरि झिरिमिरि भुईचम्पा बाल्दैछन
अल्लारे दाजुहरू मल्ताबारा ( बारूद) पड्काएर टोल थर्काउँदैछन्
यताउता हेर्दै गर्दा केटाकेटीहरूले दीयोबत्ती चोरेर भागे
दायाँ बायाँ छिमेकी सबैले रम्दै तिहार मनाउँदै छन्
म्ह पूजाको दिन बिहानीपख झाँकी ल्यायो
खुशी हुँदै सबैजना फल्चामा हेर्न आए
शुभ-कामना छ शुभ कामना नव बर्षको शुभ-कामना
शुभ-कामनाको स्वर बोकी हामी नेपाली आउँदैछौं
भ्वय् (सुकुल) बिछ्याएर सबैको लागी मण्डप लेखे
म्ह पूजा गर्ने बेलामा घरका सबै परिवार सँगै बस्न आए
सुपारी फूल, बिमिरा, लामो जजंका ( जनाई) सगुण थापें देवता भाकेर
सबै देवताहरूको शक्ति लिएर म्ह पूजा पनि सकियो
अब आयो मलाई अति मन पर्ने भाईटीका
मेरी दिदीको सबभन्दा
मनपर्ने म नै हुँ त्यो भाई
बच्चामा दिदीलाई जतिसुकै दु:ख दिएपनि
आमाले जस्तै
माया गर्ने
उही प्यारी दिदी
तेलको मण्डप पूजा गरि खेलु इता बालेर
मायाको धागोमा सुपारी फूल गाँस्ने त्यस्ती मेरी दिदी
यमराज आए पनि फर्केर जान्छन्
तिमी जस्ती दिदी पाएर म त धन्य धन्य भएँ
तिमी जस्ती दिदी पाएर म त धन्य धन्य भएँ
तिमी जस्ती दिदी पाएर म त धन्य धन्य भएँ
Happy Swanti Nakha:
Không có nhận xét nào:
Đăng nhận xét